आरती साहलाई न्याय माग्दै अधिकारकर्मीहरु, गाउँबाट आइपुगिन् विक्षिप्त बहिनी पनि (तस्बिरहरु)

आरती साहलाई न्याय माग्दै अधिकारकर्मीहरु, गाउँबाट आइपुगिन् विक्षिप्त बहिनी पनि (तस्बिरहरु)
+
-

काठमाडौँ – आरती साहको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

न्यायका लागि १२१ दिनदेखि धर्ना बसिरहेका आरतीका बुवा, आमा र भाइलाई प्रहरीले शनिबार शनिबार माइतीघरबाट उठाएर लगेको थियो। उनीहरु अझै पनि प्रहरीकै नियन्त्रणमा रहेका छन्।

न्याय माग्दा प्रहरीले ज्यादती गरेको भन्दै ‘बृहत नागरिक आन्दोलन’ले पीडित परिवारको पक्षमा प्रदर्शन गरेको हो। प्रदर्शनमा लेखक तथा अभियन्ता सञ्जीव उप्रेतीलगायत सहभागी थिए।

त्यसक्रममा आरतीकी बहिनी पनि उपस्थित थिइन्। उनी शनिबार मात्रै काठमाडौँ आइपुगेकी थिइन्। विक्षिप्त अवस्थामा रहेकी उनले आफ्नी दिदीलाई न्यायको माग गरेकी छन्। प्रदर्शनमा सहभागीहरुले दण्डहिनता अन्त्यको माग गरेका छन्।

जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। तर, उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष