एकदिवसीय विश्वकप: साविक विश्व विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

एकदिवसीय विश्वकप: साविक विश्व विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा साविक विश्व च्याम्पियन इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध बनेको छ। पहिलो पटक अफगानिस्तानले इंग्ल्यान्डलाई पराजित गर्ने क्रममा ६९ रनको जित हासिल गर्‍यो।

अफगानिस्तानले विश्वकप क्रिकेटमा लगातार १४ हार पछि पहिलो जित हासिल गरेको हो। यसअघि अफगानिस्तानले विश्वकपमा स्कटल्यान्डलाई २०१५ मा एक विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित हासिल गरेको थियो।

जारी विश्वकपमा यो इंग्ल्यान्डको दोस्रो हार हो। यसअघि न्युजिल्यान्डसँग पहिलो खेलमा इंग्ल्यान्ड पराजित भएको थियो। अफगानिस्तानले भने तेस्रो खेलमा पहिलो जित हासिल गर्‍यो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले इंग्ल्यान्ड समक्ष २ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा इंग्ल्यान्ड  ४०.३ ओभरमा अलआउट हुँदै २ सय १५ रन मात्र जोड्न सक्यो। इंगल्यान्डका लागि ह्यारी ब्रुक्सले ६६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक डेविड मलानले ३२ रन बनाए। त्यस्तै अदिल रसिदले २० रन बनाउँदा मार्क वुडले १८ रन बनाए। रेसी टोप्ली १५ रनमा अविजित रहे।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका लागि मुजिव उर रहमान र रसिद खानले समान ३-३ विकेट लिए। त्यस्तै मोहम्मद नावीले २ विकेट लिंदा फजलाह फारुखी र नभिन उल हकले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ८४ रन बनाएका थिए। उसका लागि रहमनुल्लाह गुर्वाजले ८० रन बनाउँदा इक्राम अलखिलीले ५८ रन बनाए। त्यस्तै इब्राहिम जद्रानले २८ रन बनाउँदा मुजिव उर रहमानले २८ तथा रसिद खानले २३ रन बनाए। अजमतुल्लाह ओमरजाईले १९ रन बनाउँदा कप्तान हसमतुल्लाह साहीदीले १४ रन बनाएका थिए।

इंग्ल्यान्डका लागि आदिल रसिदले ३ विकेट लिंदा मार्क वुडले २ तथा लियम लिभिङस्टोन, जो रुट र रेस टोप्लीले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?