पोखरामा भेडा च्यांग्राको बथान, रोज्जाको ५५ हजारसम्म (तस्बिरसहित)

पोखरामा भेडा च्यांग्राको बथान, रोज्जाको ५५ हजारसम्म (तस्बिरसहित)
+
-

पोखरा – भेडा च्यांग्राको बथानबाट रोज्जा ५० हजार रुपैयाँ तिरेर पोखरा महानगरपालिका–३३ बागमाराका बासु अधिकारीले मंगलबार नै खरिद गरे। पोखराको सिमपानीस्थित जौबारीमा बझाङका व्यापारीले ल्याएको च्यांग्रा खरिद गरेपछि उनले साह्रै महँगो परेको सुनाए।

‘मंहगो पर्‍यो, वर्षमा एकपटक च्यांग्रा खाना रहर हुने। महँगो भए पनि २/३ जना साथी मिलेर किनियो’, देशसञ्चारसँगको कुराकानीमा उनले भने।

पहिला हिमाली जिल्लाबाट पोखरा ल्याइएका भेडाच्यांग्रा स्थानीय खसीबोकाको तुलनामा सस्तो हुने भएकाले बर्षेनी किन्ने बानी परेको उनी सम्झन्छन्। पछिल्ला वर्षमा भाउ छोइसाध्य नहुने गरेर उकासिएको उनले बताए।

उनी भन्छन्, ‘पहिला सस्तो हुन्थ्यो र खाइन्थ्यो। अहिले सस्तो नभए पनि जडीबुटी खाएको चिज वर्षमा एक पटक खान रहर हुने।’

पोखराको सिमपानी जौबारी क्षेत्रमा घटस्थापनाअगावै भेडा च्यांग्रा भित्रिएको हो। अहिले त मुस्ताङसँगै बझाङ, बाजुरा, दार्चुला, डोल्पा, जुम्लालगायत हिमाली जिल्लाबाट व्यापारीले ल्याएका हुलका हुल भेडा च्यांग्राको बथानको मेला नै लागेको छ।

भेडा च्यांग्रा किन्न आउने ग्राहकको संख्या बढ्दो छ। कतिले किनेर फर्किएका छन् कति हेरर मात्रै फर्कन्छन्। तर, अधिकांशको उपभोक्ताको एउटै गुनासो छ, ‘साह्रै महँगियो, किनेर खानै नसक्ने गरेर।’

भेडाको ३५ हजार रुपैयाँ र च्यांग्राको ५५ हजार रुपैयाँसम्म मूल्य तोकिएको छ। मूल्य व्यापारीअनुसार फरक–फरक तोकिएको हो। किसानको गोठमै महँगो परेकाले पोखरा ल्याइपुर्‍याउँदा झनै महँगिएको बझाङका व्यापारी मानबहादुर बोहोराले बताए।

‘यतै ठूला खसीको ६० हजारसम्म पर्छ भन्छन्। त्यही हल्ला उतातिर पनि जाने भो’, उनले भने, ‘हल्लाअनुसार हामीले उताबाटै महँगो तिर्नपर्छ।’

बोहोराका अनुसार बझाङबाट ३ दिन लगाएर भेडा च्यांग्रा पोखरा आइपुगेका हुन्। पहिला हिँडाएरै ल्याउँदा हप्तौं दिनसम्म समय लाग्थ्यो।

अहिले ट्रकमा ढुवानी हुने भएपछि सहज भएको उनको भनाइ छ। तर, ढुवानीकै १ लाख रुपैयाँ तिर्नुपर्दा भेडाच्यांग्राको मूल्य महँगो पर्न जाने उनले बताए। २ वर्ष अगाडिसम्म ६० हजार रुपैयाँमै ढुवानी हुन्थ्यो।

पोखरामा गतवर्ष १२ हजार भेडा च्यांग्राको किनबेच भएको तथ्याङ्क छ। यो वर्ष पनि हाराहारीमै किनबेच हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेको अनुमान छ।

पश्चिमका हिमाली जिल्ला (बझाङ, बाजुरा, दार्चुला, डोल्पा) बाट झन्डै ३ हजार भेडा च्यांग्रा पोखरा आइसकेको उनले जानकारी दिए।

यो वर्ष मुस्ताङबाट मात्रै ५ हजार ८ सय भेडा च्यांग्रा पोखरा झारिँदैछ। ‘केही हुल आइसकेको छ। केही बाटोमा आउँदैछन्’, पाण्डेले भने, ‘थप भेडाच्यांग्रा मुस्ताङबाट आउने सम्भावना छ।’

मुस्ताङबाट व्यापारीले ल्याएका च्यांग्रा केही व्यापारीले त बिक्री गरेर सकाउन आँटेका छन्। ३ दिन अगाडि पोखरा आइपुगेका चन्द्रमान रोकाय मगरको समूहले १५० च्यांग्रा ल्याएका थिए।

‘८० वटा काठमाडौँबाट अर्डर आएर उतै पठाको। ७० वटा यहीँ राख्यौँ। अब ९ वटा बिक्री गर्न बाँकी छ’, उनले भने, ‘किनकी सबैले मुस्ताङकै खोज्छ, छिटो बिक्छ। यार्सागुम्बा हरेक जडिबुटी खान्छ। त्यही भएर यहाँ स्पेशस्ली चिज मान्छ यहाँ।’

घटस्थापनासँगै पोखराको हेमजा, याम्दी, टुँडिखेलमा भेडा च्यांग्रा किनबेच गर्ने मेला नै लाग्दछ। दसैं पछाडिसम्म पनि भेडा च्यांग्राको व्यापार जारी रहन्छ। विगत केही वर्षदेखि भेडा च्यांग्राको व्यापार कम हुँदा व्यापारी दसैंपछि पनि पोखरामै हुन्छन्। यहाँ कास्कीसँगै स्याङ्जा, तनहुँका उपभोक्ता पनि खरिद गर्न आउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?