देउवाले आह्वान गरेको धुम्बाराही बैठकको बिचैमा निस्किए गगन थापा

देउवाले आह्वान गरेको धुम्बाराही बैठकको बिचैमा निस्किए गगन थापा
+
-

काठमाडौँ- कांग्रेसको डा शेखर कोइराला समूहले कोशी प्रदेशमा गरेको विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टी सभापति शेरबहादुर देउवाले छलफल थालेका छन्।

सोमबार आफ्नै निवास धुम्बाराहीमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्रीद्वय ‍गगन थापा र विश्वप्रकाश शर्मासँग देउवाले छलफल थालेका हुन्। गगन थापा छलफलको बीचबाटै बाहिरीएका छन्।

थापा के कारणले छलफलबाट बाहिरिएको भन्ने यकिन नभएपनि व्यस्तताको कारणले धुम्बाराहीबाट निस्किएको स्रोतले जनाएको छ।

कोशी प्रदेशमा नेता कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ।

कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन्। उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भनेको छ।

त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन्। शेखर समूहले कोशीमा गरेको विद्रोहले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्नुका साथै कांग्रेसको आन्तरिक संगठनमा धक्का पुग्ने चर्चा भएका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?