
एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलिया विरुद्ध पहिले ब्याटिङ गरेको श्रीलंका २ सय ९ रनमानै समेटिएको छ। पहिलो विकेटका लागि १ सय २५ रनको सानदार शतकीय साझेदारी गरेको श्रीलंकन टोली थप ८४ रन जोड्दा अलआउट भयो।
लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रन बनाउँदा अलआउट भयो। उसकालागि ओपनरहरु पथुम निसन्का र कुशल परेराले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे। निसन्का ६७ बलमा ८ चौकाको सहयोगमा ६१ रनमा आउट हुँदा परेराले ८२ बलमा ७८ रन बनाएर आउट भए। यि दुई बाहेक थप दोहोरो स्कोरका रुपमा चरिथा असलन्काको २५ रन रह्यो। उनले ३९ बलमा १ छक्का प्रहार गरे। जुन श्रीलंकाको इनिङमा एकमात्र छक्काका रुपमा रह्यो।
राम्रो सुरुवातका बाबजुत श्रीलंकाका ८ ब्याटरले दोहोरो रनमा स्कोर बनाउन नसक्दा श्रीलंका सस्तैमा धरोसायि भयो। श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका लागि एडम जम्पाले ४ विकेट लिंदा मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ विकेट लिए। थप १ विकेट ग्लेन म्याक्सवेलका नाममा रह्यो। जारी विश्वकपमा दुबै टिम पहिलो जितको खोजिमा रहेका छन्।