एकदिवसीय विश्वकप: अस्ट्रेलियाको पहिलो जित

एकदिवसीय विश्वकप: अस्ट्रेलियाको पहिलो जित
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ। श्रीलंकालाई सोमबार भएको खेलमा ५ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो। सहज जित निकाल्ने क्रममा अस्ट्रेलियाले ८८ बल बाँकी हुँदै लक्ष्य पुरा गरेको थियो।

पहिले ब्याटिङ गर्दै श्रीलंकाले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमानै ५ विकेट गुमाएर पुरा गर्यो। अस्ट्रेलियाका लागि मिचेल मार्सले ५२ रनको इनिङ खेल्दा जोस इंग्लिसले ५८ रन बनाए। त्यस्तै ग्लेन म्याक्सवेल ३१ तथा मार्कुस स्टोइनिस २० रनमा अविजित रहेका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका २ सय ९ रनमानै समेटिएको थियो। पहिलो विकेटका लागि १ सय २५ रनको सानदार साझेदारी गरेको श्रीलंकन टोली थप ८४ रन जोड्दा अलआउट भयो।

लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि ओपनरहरु पथुम निसन्का र कुशल परेराले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे। निसन्का ६७ बलमा ८ चौकाको सहयोगमा ६१ रनमा आउट हुँदा परेराले ८२ बलमा ७८ रन बनाएर आउट भए। यि दुई बाहेक थप दोहोरो स्कोरका रुपमा चरिथा असलन्काको २५ रन रह्यो। उनले ३९ बलमा  १ छक्का प्रहार गरे। जुन श्रीलंकाको इनिङमा एकमात्र छक्काका रुपमा रह्यो।

राम्रो सुरुवातका बाबजुत श्रीलंकाका ८ ब्याटरले दोहोरो रनमा स्कोर बनाउन नसक्दा श्रीलंका सस्तैमा धरोसायि भयो। श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका लागि एडम जम्पाले ४ विकेट लिंदा मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ विकेट लिए। थप १ विकेट ग्लेन म्याक्सवेलका नाममा रह्यो। जारी विश्वकपमा श्रीलंकाको यो लगातार तेस्रो हार हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?