बिबिसी नेपाली सेवाको चर्चित नाम मणि राणा देशसञ्चार न्यूजरूममा आए, सहकर्मीसँग अन्तर्क्रिया गर्न र आफ्ना पत्रकारिता जीवनका रमाइला प्रसंगहरू उप्काए।
उनले बिबिसी नेपाली सेवाका लागि लन्डनमा बसेर ३२ वर्ष काम गरे र असंख्य नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग अन्तर्वार्ता गरे। कुनै समयमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उनका सहकर्मी थिए।
‘त्यो बेला उनको स्वर प्रस्ट थियो,’ उनले भने।
नेपाली मिडियालाई छाडा देख्ने मणि राणा नेपाली पत्रकारितामा जसलाई जे मन लाग्यो त्यही लेख्ने परम्परा रहेको बताए। एक जना जीवित नेताको लासकै फोटो नेपाली मिडियाले देखाएको उनले बताए। ‘छाडापना हटाउनुपर्यो,’ उनले भने।
जीवनमा कुनै गुनासो नपालेका मणि राणाले लन्डन बसाइका क्रममा युरोपमा थुप्रै रमाइलो गरेको बताए।
रेडियो नेपालबाट बिबिसी नेपाली सेवामा उनको फड्को र २० वर्षयताको अवकाशप्राप्त जीवनबारे खुलेर कुराकानी गरेका छन्।