लाओसलाई घरेलु मैदानमै पराजित गर्दै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा

लाओसलाई घरेलु मैदानमै पराजित गर्दै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा
+
-

काठमाडौं- फिफा विश्वकप २०२६ छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। मंगलबार साँझ भएको पहिलो चरणको दोस्रो लेगमा नेपालले लाओसलाई उसकै मैदानमा १-० ले पराजित गर्दै समग्रमा २-१ को नतिजा सहित फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।

यसअघि पहिलो चरणको खेलमा नेपाल दशरथ रङ्गशालामा १-१ गोलको बराबरी रोकिएपनि दोस्रो चरणमा आफूलाई समाल्दै लाओसलाई उसकै मैदानमा हराउन सफल भयो। लाओस विरुद्ध ५३ औं मिनेटमा मनिष डाँगीले गरेको एकमात्र गोल निर्णायक बन्यो। मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै दिलाएको अग्रता दोस्रो चरण पुग्न नेपाललाई पर्याप्त बन्यो।

पहिलो हाफमा लाओसको भ्यानट्यान स्थित राष्ट्रिय रंगशालामा नेपाल र लाओसबिच गोलरहित बराबरी भएको थियो। २२ औं मिनेटमा उत्सव राईको क्रसमा पेनाल्टी बक्सभित्र रहेका अञ्जन विष्टले एउटा राम्रो अवसरमा गरेको हेड गोलपोस्टमा लागेर बाहिरियो।

१८ औं मिनेटमा मिकेल भानको शक्तिशाली प्रहार गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। २९ औं मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार बाहिरिँदा लाओसले अर्को सुनौलो अवसर गुमायो भने नेपालको सम्भावित संकट टरेको थियो।

तर दोस्रो हाफमा नेपाल आक्रमक बन्दा गोल गर्न सफल भयो। लाओसले १ गोलले पछि परेपछि खेलमा फर्कन गरेका केही राम्रा प्रयासहरु सफल हुन नसक्दा घरेलु समर्थक निरास बनेका थिए। इन्जुरी समयको अन्तिम मिनेटमा कर्नरमा गरेको उत्कृष्ट प्रहारलाई कप्तान तथा गोलरक्षक किर‍ण लिम्बुले सानदार बचाउ गर्दा सम्भावित बराबरीबाट नेपाल बचेको थियो।

अब नेपालले दोस्रो चरणमा समूह ‘एच’ मा रहेर खेलहरु खेल्ने छ। समूह एचमा बलिया एसियन राष्ट्रहरुसँग एक्सपोजको मौका नेपालले पाउने छ। नेपालले  युएइ, बहराइन सहित पहिलो चरणको यमन र श्रीलंका बिचको विजेतासँग प्रतिस्पर्धाको अवसर पाउने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?