
काठमाडौं- ८२ रन जोड्दा आधा खेलाडी पेभिलियन फर्किएर दबाबमा परेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई समानजनक लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाएर २ सय ४५ रन बनाउँदै समानजनक स्कोर बनाएको छ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ७८ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै रोएलोफ भान डेर मेर्विले २९ रन बनाउँदा तेजा निदामनुरुले २० रन बनाएका थिए। त्यसअघि म्याक्स ओड्वाडले १८ रन बनाउँदा सुब्रान्ड एंग्लाब्रेच्टले १९ रन बनाएका थिए। उसका आयान दतले २३ रनको अविजित इनिङ खेलेका थिए।
दक्षिण अफ्रिकाका लागि लुंङ्गी गिडी, मार्को जेनसेन र कागिसो रबडाले समान २-२ विकेट लिएका थिए। जेराल्ड कोट्जे र केशव महराजले समान १-१ विकेट लिए।