दशैंका लागि खसीबोका र च्यांग्राको बिक्री वितरण सुरु (तस्बिरसहित)

दशैंका लागि खसीबोका र च्यांग्राको बिक्री वितरण सुरु (तस्बिरसहित)
+
-

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ। व्यापार कम्पनीले मंगलबारबाट खसीबोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री सुरु गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले यो वर्ष ढुवानी भाडा महँगो भए पनि मूल्यवृद्धि नगरिएको बताए।

उनका अनुसार व्यापार कम्पनीले बजार मूल्यभन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रूपमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिएकाे जानकारी दिए।

विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको कार्यकारी अधिकृत चन्दकाे भनाइ छ। उनले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताए।

उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको बताए। उनले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको उल्लेख गरे।

प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटौँडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए।

उनले सरकारले बजारको मागलाई पूरा गर्नभन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफै खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताए।

उनले दसैँमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताए।

हेर्नूहोस् तस्बिरहरू:

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’