‘हामीले गाला जोड्ने कला एमालेसँग सिक्यौ’ पूर्वमुख्यमन्त्री थापा

‘हामीले गाला जोड्ने कला एमालेसँग सिक्यौ’ पूर्वमुख्यमन्त्री थापा
+
-

विराटनगर-कोसी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा काँग्रेस सत्ता पक्षमा रहने जनाएका छन्। बुधबार प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिदैं सरकारमा रहने जनाएका हुन्।

प्रदेशमा दलहरुले सरकार बनाउने र गिराउने कार्यमा लागेको पूर्व मुख्यमन्त्री थापाले बताए।

उनले भने,‘हामीले प्रदेशमा सरकार बन्ने बनाउने,‘विश्वासको मत दिने नदिने खेलमा लाग्यौ। हामी समस्याको समाधानलाई पर राख्यौ। प्रदेशका सबै विषय समाधानमा जोडिएको रहेको छ।’

एमालेको समर्थन पाइरहदाँ बल्ल प्रदेश समाधानको पाटोमा अघि बढेको उनको भनाई छ।

उनले भने,‘हामीले सरकार बनाउने गिराउने जस्तो म्युजिकल चेयरको खेल अन्त्य भएको जस्तो लागेको छ। अब प्रदेशको समाधानको निमित्त यो सरकारलाई सधै साथ दिएर हिड्ने कुरामा लागौ। हामी प्रतिवद्धता पनि दिऔं। प्रदेशको विकासमा अब जुटौ।’

‘काँग्रेसका ८ जना प्रदेश सभासदस्य सरकारको निर्माणको लागि दल भित्र झगडा गर्नु भयो, कुन्ठा बोकेर हिड्नु भयो र युद्धको मैदानमा उत्रिनु। अब युद्ध जितेर उहाँहरु घरमा आउनु भयो। हामीले स्वागत गर्यौ। गले लगाउने बाहेक अरु त भएन।’ थापाले भने,‘युद्धनै जितेर आएपछि हामीले सबै विस्र्यौ । सम्मानका साथ मुख्यमन्त्री केदार कार्की ज्यूलाई हामी विश्वासको मत पनि दिदैछौ।’

विद्रोह गरेर अघि बढ्नु भएका हाम्रो ८ भाइसंग हामीले गले मात्र लगाएनौ,गाला पनि जोड्यौ। उनले भने, ‘कहिले नटुट्ने त्यो गाला जोड्यौ । यो गाला जोड्ने कथा चाही हामीले नेकपा एमालेसंग सिक्यौँ’।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?