युएईमाथि नेपालको ७ विकेटको जित

युएईमाथि नेपालको ७ विकेटको जित
+
-

काठमाडौं- टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। युएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३४ रनको अविजित इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेलले १४ रन बनाउँदा आशिफ शेख २३ रनमा आउट भए। त्यस्तै कुशल मल्लले ११ रन बनाएका थिए। युएईका लागि निलन्सा केशवानाले १-१ विकेट लिएका थिए।

त्यसअघि मुलपानि क्रिकेट मैदानमा  टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो। युएईका लागि बसिल हमीदले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अली नसिरले ३२ रन बनाए। त्यस्तै असिफ खानले १५ रन बनाउँदा कप्तान मुहम्मद वासिमले १७ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा गुल्सन झाले २ तथा सोमपाल कामी र अभिनास बोहोराले समान १-१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?