हामीलाई उपहार नपठाउनू, उपहार नलिने पार्टीको नीति छः रवि लामिछाने

हामीलाई उपहार नपठाउनू, उपहार नलिने पार्टीको नीति छः रवि लामिछाने
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडपर्वमा उपहार स्वीकार नगर्ने बताएका छन्। सभापति लामिछानले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालयमा उपहार पठाउने क्रम सुरु भएकाले उपहार स्वीकार नगर्ने पार्टीको नीति भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदाहुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ। पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ।’

आफ्नो लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष कोहीकसैमार्फत उपहार पठाउने कष्ट नगर्न उनले आग्रह गरेका छन्। ‘जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्बद्ध सबैमा आग्रह गर्दछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?