एकदिवसीय विश्वकप: अस्ट्रेलियाको दोस्रो जित, टप स्कोररमा उक्लिए रिजवान

एकदिवसीय विश्वकप: अस्ट्रेलियाको दोस्रो जित, टप स्कोररमा उक्लिए रिजवान
+
-

एकदिवसीय विश्वकपमा अङ्क तालिका रोमाञ्चक बनेको छ। शुक्रबार भएको खेलमा अस्ट्रेलियालाई पाकिस्तानले ६२ रनले पराजित गरेसँगै अस्ट्रेलियालाई पछि पार्दै पाकिस्तान चौंथो स्थानमा उक्लिएको छ।

४ खेलको समाप्तीमा न्युजिल्यान्ड र भारत अपराजित रहँदा एक खेल कम खेलेको साउथ अफ्रिका, र समान ४-४ खेल खेलेका अस्ट्रेलिया र पाकिस्तानको समान २-२ जित रहेको छ। एक खेल कम खेलेको इंग्ल्यान्ड र नेदरल्यान्डको समान १-१ जित छ। जसले गर्दा शीर्ष चारको रोमाञ्चकता रोचक रहेको छ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा शुक्रबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनायो। जवाफमा पाकिस्तान ४५.३ ओभरमा अलआउट हुँदै ३ सय ५ रनमा समेटियो।

अस्ट्रेलियाका ओपनर डैभिड वार्न र मिचेल मार्शले शानदार दोहोरो शतकीय साझेदारी गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे। एडम जम्पा र मार्कुस स्टोइनिसले पाकिस्तानको मध्य क्रमलाई पेभिलियन फर्काउँदै टिमको जित निश्चित गरेका थिए। जम्पाले ४ र स्टोइनिसले २ विकेट लिए।

अस्ट्रेलियाका लागि वार्नरले १६३ रनको इनिङ खेल्दा मार्शले १ सय २१ रनको शतकीय इनिङ खेले। पाकिस्तानका लागि साहिन सा अफ्रिदीले ५ विकेट लिंदा हरिस रउफले ३ विकेट हात पारे। जवाफमा पाकिस्तानले पनि राम्रो सुरुवात गर्‍योश्र तर मध्य क्रम र पछिल्लो क्रम समालिन नसक्दा फराकिलो हार टार्न सकेन। अब्दुल्ला सफिक र इमाम उलहकले पहिलो विकेटकालागि १ सय ३४ रनको साझेदारी गरेका थिए।

सफिक ६४ रनमा आउट हुँद उलहकले ७० रन बनाए। त्यस्तै बाबर अजामले १८ रन बनाउँदा मोहम्मद रिजवानले ४६ रन बनाए। रिजवान एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा फर्किए। उनको कुल ४ खेलबाट २ सय ९४ रन रहेको छ। दोस्रो स्थानमा रहेका रोहित शर्माको समान खेलबाट २ सय ६५ रन रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?