
नेपालले हङकङ विरुद्धको बलिङमा पनि सानदार सुरुवात गरेको छ। पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङ १५ रन जोड्दा २ विकेट गुमाएको छ। नेपालका लागि करण केसी र ललित राजवंशीले समान १-१ विकेट लिए। मार्टिन कट्जी शुन्य तथा कप्तान नजकत खानले २ रन बनाए।
त्यसअघि उच्च स्कोर बनाउने क्रममा नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि विश्व कीर्तानी १ सय ४५ रनको साझेदारी गर्दै टिमलाई उच्च लक्ष्य दिएका थिए। मुलपानी क्रिकेट मैदानमा ५५ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कुशल र दीपेन्द्रले पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी सम्भव बनाएका थिए।
यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । यी दुईले पाकिस्तानविरुद्ध जितमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए। उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए।
नेपालको उच्च लक्ष्यमा कुशल मल्ल ९२ तथा दिपेन्द्र सिंह ऐरीले ५७ रनको इनिङ खेलेका थिए। त्यस्तै आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रन बनाए। हङकङका लागि हरुन अर्सद, मोहम्मद घजानफारले २-२ विकेट लिएका थिए।