
एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।मुम्बईको वानखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ९९ रन बनाउन सफल भयो।
उसका लागि हेनरिच क्लासेनले १०९ रनको शतकीय इनिङ खेले। त्यस्तै रेजा हेन्ड्रिक्सले ८५ रन बनाउँदा रसि भान डेर डुसेनले ६० रन बनाउँदा कप्तान एइडन माक्रमले ४२ रन बनाए। त्यस्तै मार्को जनसेनले ४२ बलमा ७५ रनको विष्फोटक इनिङ खेले। इंग्ल्यान्डका लागि रेसी टोप्लीले ३ विकेट लिंदा गुस एट्किन्सन र अदिल रसिदले समान २-२ विकेट लिए।
इंग्ल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाको यो सर्वाधिक उच्च स्कोर हो। दक्षिण अफ्रिकाका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएक क्लासेनले ५१ बलमानै आफ्नो शतक पुरा गरेका थिए। उनलले ६७ बलमा १०९ रन बनायो। यो इनिङमा उनले ४ छक्का र १२ चौका प्रहार गरेका थिए।
प्रतियोगितामा इंग्ल्यान्ड चौंथो खेलमा दोस्रो जितको प्रयासमा रहँदा दक्षिण अफ्रिका तेस्रो जितको लक्ष्यमा रहेको छ।