
एकदिवसीय विश्वकपमा अपराजित रहेका भारत र न्युजिल्यान्डबिच आइतबार प्रतिस्पर्धा हुँदै छ। खेल अघि भारत-न्युजिल्यान्डबिचको टिकटको मुल्य भने अस्वभाविक रुपमा किनबेच भइरहेको छ।
भारतीय सञ्चारमाध्यामका अनुसार ४५०० को टिकटको मुल्य २८ हजार सम्म पुगेको छ। कतिपय समर्थकले अनलाइ डेलिभरीमार्फत घरमानै टिकट मगाइरहेका छन्। पाकिस्तान र भारतबिचको खेलपछि सर्वाधिक मुल्यमा टिकट खरिदमा भारतीय समर्थकको यो सर्वाधिक चासो हो।
मैदानको भाग अनुसार मुल्य निर्धारण भएको खेलमा समर्थकहरुले उच्च मुल्य सहित धर्मशालामा क्रिकेटका लागि पुगिसकेका छन्। देशका विभिन्न ठाउँबाट भारत र न्युजिल्यान्डबिचको खेल हेर्न समर्थक धर्मशाला पुगेका छन्। कतिपयले ३ दिन अघिबाटै होटल बुक गरेको र उनीहरुले खेल हेर्नकै लागि लाखौं रुपैया खर्चिकएको जनाइएको छ।
जारी एकदिवसीय विश्वकपमा भारत र न्युजिल्यान्ड अपराजित रहेका छन्। दुबै टिम आफ्नो रवाफलाई कायम राख्न मैदान उत्रिने भएकाले पनि यो खेल बहुप्रतिक्षित मानिएको छ।