इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएपछि विमानस्थलमा दिइयो श्रद्धाञ्जली (तस्बिरहरू)

इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएपछि विमानस्थलमा दिइयो श्रद्धाञ्जली (तस्बिरहरू)
+
-

काठमाडौं – इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली दिइएको छ।

इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको छ। तीन जना शव ल्याइसकिएको छ भने एक जनाको आज दिउँसो १ बजे ल्याइने भएको छ ।

विमानस्थलमा श्रद्धाञ्जली दिएर शवहरुलाई विमानस्थलबाट महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ।

उनीहरु बिद्रोही समूह हमासको आक्रमणमा मारिएका हुन् । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नेपाल ल्याइएको हो।

इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिस्टको शव ल्याइएको छ भने आशिष चौधरीको दिउँसो ल्याइने भएको छ ।

गत अक्टोबर ७ तारिक गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?