एकदिवसीय विश्वकप: भारत विरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड

एकदिवसीय विश्वकप: भारत विरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड
+
-

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। जारी संस्करणमा सर्वाधिक उच्च लयमा रहेका दुई टिमबिचको खेलमा भारतले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ।

धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको मैदानमा केही बेरपछि सुरु हुने खेलमा न्युजिल्यान्ड पहिले ब्याटिङका लागि मैदानमा उत्रिंदै छ। २०१९ को विश्वकपमा दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग सेमिफाइनलमा १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यो पटक न्युजिल्यान्डलाई पराजित गर्दै आफ्नो उच्च लय कायम राख्ने प्रयासमा रहेको छ।

दुई टिमबिच अहिले सम्म कुल १ सय १६ खेल भएका छन्। जसमा भारतले ५८ र न्युजिल्यान्डले ५० खेलमा जित निकाल्दा ७ खेल नतिजाविहीन भएका छन्। एक खेल बराबरीमा सकिएको छ। एकदिवसीय विश्वकपमा भने न्युजिल्यान्ड भारतमाथि हावी हुँदै आएको छ। प्रतियोगितामा दुइ टिमबिच ९ खेल भएका छन्। ५ खेलमा न्युजिल्यान्ड र ३ खेलमा भारत विजयी भएका छन्। २०१९ को एक खेल भने वर्षाका कारण नतिजा विहीन भएको थियो। यद्यपि पछिल्लो पटक २०१९ मा भएको खेलमा भने न्युजिल्यान्डलेनै जितेको थियो।

भारतले विश्वकपमा पछिल्लो पटक २००३  न्युजिल्यान्डलाई हराएको थियो। त्यसोत आईसिसी इभेन्टमा १९९२ पछि ९ पटक भिडेका यि दुई टिममा भारतले केवल एकमात्र खेलमा जित हासिल गरेको छ। त्यसैले आइसिसीका प्रतियोगितामा भारतले तोड्न नसकेको न्युजिल्यान्डको विरासत तोड्नु पर्ने चुनौती घरेलु मैदानमा रहेको छ।

तर अन्य एकदिवसीय खेलमा भने भारतको रेकर्ड राम्रो छ। २०२३ मा भएका तीन एकदिवसीय खेलमा भारतले सबै तीन खेलमा जित हासिल गरेको छ। गत जनवरीमा भएको तीन खेलमा तीन खेलनै भारतले जितेको थियो। भारतले पछिल्ला ५ एकदिवसीयमा ४ खेलमा जित निकाल्दा एक खेल मात्र हारेको छ। न्युजिल्यान्डले भने पछिल्ला ५ एकदिवसीय खेलमा सबै ५ खेलमानै जित हासिल गरेकाले उत्साही रहेको छ।

जारी विश्वकपमा दुबै टिमले खेलेका सबै ४ खेलमा चारै जित निकालेका छन्। यो दुबै टिमको पाँचौं खेल हो। यो खेलमा जित निकाल्ने टिमले  विश्वकपको शीर्ष चारको सम्भावना बलियो बनाउने छ। नेट रनरेटमा फराकिलो अग्रता बनाएका कारण यो खेलमा जित निकाल्ने टिमको सेमिफाइनल सम्भावना बलियो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?