त्रिकोणात्मक टी-२० श्रृंखला: यूएई द्वारा हङकङ ६ विकेटले पराजित

त्रिकोणात्मक टी-२० श्रृंखला: यूएई द्वारा हङकङ ६ विकेटले पराजित
+
-

काठमाडौं- त्रिकोणात्मक टी-२० ऋंखला अन्तर्गत आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले हङकङलाई पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै हङकङले बनाएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

युएइको जितमा कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाउँदा खालिद शाहले ३७ रनको योगदान दिए। त्यस्तै भित्र्या अर्विन्दले २९ रन बनाउँदा आसिफ खानले १२ तथा अलिसान शर्फुले २० रनमा नटआउट रहे। त्यस्तै बसिल हमिदले ११ रन बनाएका थिए। हङकङका लागि यसिम मुर्ताजाले २ विकेट लिंदा एहसन खान र निजाकत खानले समान १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। खराब सुरुवात गरेको हङकङले पावर प्लेमै २५ रन जोड्दा तीन विकेट गुमाएको थियो। हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए। दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरे। बाबरल ६६ रन बनाउँदा एजाजले ४८ रन जोडेका थिए। युएईसँगको हारसँगै हङकङको फाइनल सम्भावना कमजोर बनेको छ।

युएईले सोमबार नेपालसँग खेल्ने छ। उक्त खेलमा युएई विजयी भएमा नेपालसँगको उपाधि भेट पक्का गर्ने छ। तर नेपालसँग पराजित भएमा युएईले हङकङलाई अन्तिम खेलमा हराउनु पर्ने छ। हङकङ नेपालसँग दुइटै खेलमा पराजित भएको थियो। हङकङसँग पराजित भएमा भने नेटरनरेटमा अघि रहने टिमले फाइनलमा स्थान बनाउने छ। युएई र हङकङबीचको खेल बुधबार हुँदा श्रृंखलाको फाइनल शुक्रबार हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?