राष्ट्रपति पौडेलको दसैंको टिका बहिस्कार गर्न रविन्द्र मिश्रको आग्रह

राष्ट्रपति पौडेलको दसैंको टिका बहिस्कार गर्न रविन्द्र मिश्रको आग्रह
+
-

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने दसैंको टिका बहिस्कार गर्न आग्रह गरेका छन्।

उनले आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राष्ट्रपतिको दसैंको टिका किन बहिस्कार गर्ने भन्ने कारणसहित बहिस्कार गर्न आग्रह गरेका छन्।

वरिष्ठ उपाध्यक्ष मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनु पर्ने तर गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भए का र देशका बन्न नसकेको भनेका छन्।

‘अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन “आफ्नै मान्छे” हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन। ‘राष्ट्र र राज्य’को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ।,  त्यसमाथि हालै संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना ताजै छ।’

उनी अघि लेख्छन्,‘पौडेलले नै दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिए। ती जघन्य अपराधीको मात्र हैन, सजायाँ माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको छ। असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त पाप कर्म आम जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन।’

मिश्रले प्रश्न गरेका छन्,‘देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन,चुक छर्किने?’

राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको पाप कर्मको नैतिक सजायँ दिन मिश्रले आग्रह गरेका हुन्।

‘हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे।

अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए। अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो।’ मिश्रले लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?