
मार्क गुयूले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेको ३३ सेकेन्डमानै निर्णायक गोल गर्दा महत्वपूर्ण तीन अङ्क हासिल गर्न सफल भएको छ। बार्सिलोना अधिकांस समय एट्लेटिको बिलबाओसँग गोलरहित बराबरीमा रोकिंदा ८० औं मिनेटमा अग्रता लिन सफल भएको थियो।
१७ वर्षीय स्पेनिस फर्वाड गुयू फेर्मिन लोप्जेको स्थानमा ७९ औं मिनेटमा मैदान छिरेका थिए। मैदान छिरेको ३३ सेकेन्डमानै उनले एट्लेटिको बिलबाओ विरुद्ध निर्णायक गोल गरेका थिए।
उनी बार्सिलोनाका लागि डेब्यू खेलमा सर्वाधिक चाँडो गोल गर्ने खेलाडी बने। जितसँगै बार्सिलोना तेस्रो स्थानमा फर्किएको छ। रियल म्याड्रिड भन्दा बार्सिलोना १ अङ्कले पछि रहेको छ। बार्सिलोना शीर्ष स्थानको रियल भन्दा १ अङ्कले पछि छ।
अर्को साता एल क्लासिको अन्तर्गत रियल र बार्सिलोनाबिच प्रतिस्पर्धा हुँदै छ। उक्त खेलमा विजयी हुँदै दुबै टोली शीर्ष स्थानमा फर्किने ध्याउनमा रहेका छन्।