त्रिकोणात्मक टी-२० सिरिज: फाइनल पुगिसकेको नेपाल युएई विरुद्ध भिड्दै

त्रिकोणात्मक टी-२० सिरिज: फाइनल पुगिसकेको नेपाल युएई विरुद्ध भिड्दै
+
-

नेपाली राष्ट्रिय क्रिकेट टीमले विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको चौंथो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै छ। डबल राउन्ड रोविनको आधारमा भएको खेलको अन्तिम खेलमा नेपाल युएईसँग भिड्न लागेको हो।

११ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न मैदान उत्रिंदा युएई भने नेपाललाई हराएर एक खेल अगावै फाइनल पुग्न चाहन्छ। नेपाल भने यसअघिनै फाइनल पुगिसकेको छ। नेपाल सुरुवाती तीन खेलमा रवाफिलो जितसहित फाइनलमा पुगेको थियो।

प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो। लगातार तीन जितसहित नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ।

तीनै टोली विश्वकप छनोटको तयारीमा रहेकाले आफ्नो प्रदर्शन सुधार्दै प्रतियोगितामा होमिंदै छन्। यस्तोमा सिरिजमा नेपाली सिनियर टोली निकै उच्च लयमा देखिंदा विश्वकप छनोटमा सोही प्रदर्शन दोहोर्‍याउन सके १० वर्षपछि विश्वकप खेल्न सक्ने सम्भावना बलियो बनेको छ।

युएई नेपालसँग पराजित भएमा हङकङसँगको अन्तिम खेल उसका लागि निर्णायक हुने छ। हङकङ भने सिरिजका सबै तीन खेलमा पराजित भएकाले फाइनल सम्भावना कमजोर रहेको छ। युएई नेपालसँग आज पराजित भएमा र युएईलाई अन्तिम खेलमा हङकङले हराएमा नेट रनरेटका आधारमा फाइनल पुग्ने दोस्रो टोलीको तय हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?