
एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार पाकिस्तान र अफगानिस्तान भिड्दै छन्। चेन्नईको एमए चिदम्बरमा स्टेडियममा हुने खेल दिउँसो २:१५ मा सुरु हुने छ।
दुई टिमबिच एकदिवसी खेलमा पहिलो पटक २०१२ मा प्रतिस्पर्धा भएको थियो। त्यसयता यि दुई टिमबिच कुल ७ खेल भएका छन्। अहिले सम्म अफगानिस्तान जितविहीन रहँदै आएको छ। सबै ७ खेलमा पाकिस्तान विजयी भएको छ।
दुबै टिम विश्वकपमा आफ्नो पाँचौं खेलमा भिड्न लागेका हुन। जारी विश्वकपमा पाकिस्तानले ४ मध्ये २ खेलमा जित र २ खेलमा हार भोगेको छ। अफगानिस्तानले भने इंग्ल्यान्डलाई हराएर सनसनिपूर्ण प्रदर्शन गरेको छ। विश्वकपमा अफगानिस्तान र पाकिस्तान एक पटक भिडेका छन्। जसमा पाकिस्तान विजयी भएको छ।
पाकिस्तानले पछिल्ला ५ मध्ये २ खेलमा जित हासिल गर्दा ३ खेलमा हार भोगेको छ। अफगानिस्तान भने ५ मध्ये ४ खेलमा पराजित भएको छ।२०१९ को विश्वकपमा समूहचरणमा अफगानिसत्नले पाकिस्तान विरुद्ध २ सय २७ रन बनाएको थियो। जवाफमा ४५ ओभरमा पाकिस्तान १ सय ८२ रन जोड्दा ६ विकेट गुमाउन पुगेको थियो। तर पाकिस्तानले सानदार पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। सोमबार पनि यि दुई टिमबिचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ।