
काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजको चौंथो खेलमा युएई विरुद्ध नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएको छ। नेपालले आजको खेलमा टोलीमा २ परिवर्तन गरेको छ। विवेक यादव र अभिनास बोहरालाई प्लेइङ ११ मा समेट्ना युएई विरुद्ध प्रतिश जिसी र ललित नारायण राजवंशीलाई बेन्चमा राखिएको छ।
डबल राउन्ड रोविनको आधारमा भएको खेलको अन्तिम खेलमा नेपाल युएईसँग भिड्न लागेको हो। केही बेरमा सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न मैदान उत्रिंदा युएई भने नेपाललाई हराएर एक खेल अगावै फाइनल पुग्न चाहन्छ। नेपाल भने यसअघिनै फाइनल पुगिसकेको छ। नेपाल सुरुवाती तीन खेलमा रवाफिलो जितसहित फाइनलमा पुगेको थियो।
प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो। लगातार तीन जितसहित नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ।
नेपालको टोली:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा
यूएईको टोली:
मोहमद वसीम, वृत्या अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मोहमद जवादुल्लाह, अकिफ राजा