त्रिकोणात्मक टी-२० सिरिज: नेपालले पाँच रनमा गुमायो दुई विकेट

त्रिकोणात्मक टी-२० सिरिज: नेपालले  पाँच रनमा गुमायो दुई विकेट
+
-

त्रिकोणात्मक टी-२० सिरिजको चौंथो खेलमा युएईले नेपाललाई दिएको १ सय ६५ रनको लक्ष्य  पछ्याएको नेपालले  खराब सुरुवात गरेको छ। नेपालले पाँच रन जोड्दा २ विकेट गुमाएको छ। पहिलो ओभरमानै पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो ओभरमा सोमपाल कामीलाई २ रनमा गुमायो।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। जवाफी इनिङ सुरु गरेको नेपालका लागि १ रन बनाउँदा पहिलो ओभरको चौंथो बलमा मुहम्ममद जवादुल्लाहको बलमा बोल्ड भए। दोस्रो ओभरमा सोमपाल अकिफ रजाको बलमा वृत्या अर्विन्दबाट क्याचआउट भए।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईका लागि वृत्या अर्विन्द र बसिल हमिदले सर्विधक ४५-४५ रनको इनिङ खेल्दा आसिफ खानले १८ रन बनाए। त्यस्ते खालिद शाहले १२ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।

डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपालको यो समूहचरणमा अन्तिम खेल हो। नेपालले अघिल्ला तीन खेल जितेकाले आफ्नो अपराजित यात्रा कायम राख्न मैदान उत्रिंदा युएई भने नेपाललाई हराएर एक खेल अगावै फाइनल पुग्न चाहन्छ। नेपाल भने यसअघिनै फाइनल पुगिसकेको छ। नेपाल सुरुवाती तीन खेलमा रवाफिलो जितसहित फाइनलमा पुगेको थियो।

प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो। लगातार तीन जितसहित नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?