
एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो पाँचौं खेलमा पाकिस्तानले अफगानिस्तान विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। चेन्नईको एमए चिदम्बरमा स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर अजामले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन।
दुई टिमबिच एकदिवसी खेलमा पहिलो पटक २०१२ मा प्रतिस्पर्धा भएको थियो। त्यसयता यि दुई टिमबिच कुल ७ खेल भएका छन्। अहिले सम्म अफगानिस्तान जितविहीन रहँदै आएको छ। सबै ७ खेलमा पाकिस्तान विजयी भएको छ।
दुबै टिम विश्वकपमा आफ्नो पाँचौं खेलमा भिड्न लागेका हुन। जारी विश्वकपमा पाकिस्तानले ४ मध्ये २ खेलमा जित र २ खेलमा हार भोगेको छ। अफगानिस्तानले भने इंग्ल्यान्डलाई हराएर सनसनिपूर्ण प्रदर्शन गरेको छ। विश्वकपमा अफगानिस्तान र पाकिस्तान एक पटक भिडेका छन्। जसमा पाकिस्तान विजयी भएको छ।
पाकिस्तानले पछिल्ला ५ मध्ये २ खेलमा जित हासिल गर्दा ३ खेलमा हार भोगेको छ। अफगानिस्तान भने ५ मध्ये ४ खेलमा पराजित भएको छ।२०१९ को विश्वकपमा समूहचरणमा अफगानिसत्नले पाकिस्तान विरुद्ध २ सय २७ रन बनाएको थियो। जवाफमा ४५ ओभरमा पाकिस्तान १ सय ८२ रन जोड्दा ६ विकेट गुमाउन पुगेको थियो। तर पाकिस्तानले सानदार पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। सोमबार पनि यि दुई टिमबिचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ।