
अमेरिकाको माइन राज्यस्थित ल्युस्टन सहरमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा २२ जना मारिएका छन् ।
उक्त गोलीकाण्डमा परि ६० जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
माइन प्रहरीले कम्तिमा १६ जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र एक संदिग्धका फोटाहरू जारी गरेको बीबीसीले उल्लेख गरेको छ ।
बन्दुकधारी पक्राउ नपरेसम्म घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ ।