राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
+
-

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।

बिहीवार अमेरिका भ्रमण जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउन नसकेको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रमहरु अघि सार्ने लिङ्देनले बताए । उनले जनआन्दोलनका लागि पार्टीले तयारीलाई तीब्र बनाएको बताए ।

लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही आन्दोलनको पूर्वाधार निर्माण गर्ने क्रममा छ । प्रवासमा पनि भ्रमण तिब्र बनाइरहेका छौँ । जनआन्दोलन, जनदबाब सिर्जना गर्ने कार्यक्रम गरिरहेका छौँ । तयारी तिब्र रुपमा चलिरहेको छ । दशैँ, तिहार र छठ सकिनासाथ केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गर्नेछ । देशको अहिलेको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्छ, राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छ भन्ने दिन गयो ।’

दशैँ, तिहार र छठ सकिनासाथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गरिने लिङ्देनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?