पहिलो वकेटमा रुपमा आसिफ शेख ७ रन बनाएर आउट

पहिलो वकेटमा रुपमा आसिफ शेख ७ रन बनाएर आउट
+
-

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ रनको अवस्थामा पहिलो विकेट गुमाएको छ। ओपनर आसिफ शेख १२ बलमा ७ रन बनाएर आउट भए। चौंथो ओभरको अन्तिम बलमा शेख आयान खानको बलमा बोल्ड भएका थिए।

यद्यपि अर्का ओपनर कुशल भुर्तेलले आक्रमक ब्याटिङ जारी राखेका छन्। भुर्तेलले २२ बलमा ४२ रन बनाउँदा नेपालले ५५ रनको स्कोर तयार गरेको छ। उनलाई साथ दिन कुशल मल्ल क्रिजमा आएका छन्। टियु क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई प्लेइङ ११ मा समेटेको छ। सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनरका रुपमा रहेका छन्।

नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको हो।युएई नेपाललाई फाइनलमा हराउँदै लिग चरणमा भोगेका दुई हारको बदला लिने सोचमा छ। नेपाल भने आफ्नो रवाफ फाइनलमा पनि कायम राख्ने सोचका साथ मैदानमा उत्रिंदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?