
काठमाडौं- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६८ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्र सींह ऐरी रहेका छन्।
विष्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल ५० रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। उनको यो टी-२० अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो। उनलाई जहुर खानले बोल्ड गरेका थिए।
त्यसअघि कुशल दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए। तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा उनको क्याच जवादुल्लाहले छाड्न पुगेका थिए।
त्यस्तै ओपनर आसिफ शेखले १२ बलमा ७ रन बनाएर आउट हुँदा कुशल मल्ल १ रनमानै पेभिलियन फर्किएका थिए। युएईका लागि आयान खानले २ विकेट लिंदा जाहुर खानले अर्को एक विकेट लिएका थिए।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई प्लेइङ ११ मा समेटेको छ। सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनरका रुपमा रहेका छन्।