पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा

पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान ले लगातार चौंथो खेलमा हार ब्योहोरेको छ। शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकासँग पाकिस्तान १ विकेटले पराजित भएसँगै लिगचरणबाटै बाहिरिने जोखिममा पुगेको छ। यसअघि पाकिस्तान भारत, अस्ट्रेलिया र अफगानिस्तानसँग पराजित भएको थियो।

रोमाञ्चक खेलमा जित हासिल गरेको दक्षिण अफ्रिका भने अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसको जितमा १० औं विकेटका लागि केशव महाराज र तबरेज शम्सीले १० औं विकेटका लागि ११ रनको साझेदारी गरेका थिए। जितसँगै दक्षिण अफ्रिका ६ खेलबाट १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियो।

दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तान ४६.४ ओभरमा अलआउट हुँदै २ सय ७० रनमा समेटियो। जवाफमा उक्त लक्ष्य दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको थियो। दक्षिण अफ्रिकाका लगि एइडेन माक्रमले ९१ रन बनाउँदा डेभिड मिलरले २९ रन बनाए।

त्यस्तै त्यस्तै टेम्बा बभुमाले २८ रन बनाउँदा क्विन्टन डिकक २४ रनमा बउट भए। डसि भान डेर डुसेन २१ रन तथा डेभिड मिल २९ रनमा पेभिलियन फर्किएका थिए। माको जनसेन २० तथा जेराल्ड कोट्जे १० रनमा आउट भए। पाकिस्तानका लागि सहिन शा अफ्रिदीले ३ विकेट लिंदा हरिस रउफ, मोहम्मद वासिम र उस्मा मिरले समान २-२ विकेट हात पारे।

त्यसअघि चेन्नईको चेपाक  मैदानमा पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर अजाम र साउद सकिलले अर्धशतकीय इनिङ खेलेका थिए। अजाम ५० रनमा आउट हुँदा सकिल ५२ रन बनाएर पेभिलियन फर्किए।

त्यस्तै सादव खानले ४३ रन बनाउँदा मोहम्मद नवाजले २४ रन बनाए। मोहम्मद रिजवान ३१ रनमा आउट हुँदा इफ्तिखर अहमेद २१ रनमा पेभिलियन फर्किए। प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भएपनि पाकिस्तान पुरा ओभर खेल्न असफल भएको मुल्य भोग्न बाध्य भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?