
काठमाडौं- आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटका लागि राष्ट्रिय टिमको घोषणा गरीएको छ। घोषित राष्ट्रिय टोलीमा सन्दीप लामिछाने र विनोद भण्डारीले टोलीमा पुनरागमन गरेका छन्।
नेपालले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गर्दा त्रिकोणात्मक सिरिजमा टिममा रहेका चार खेलाडी भने अन्तिम १५ मा रहन सकेनन्।
त्रिकोणात्मक टि२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका हुन्। आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट १३ देखी २० कार्तिक सम्म मुलपानी र टियु स्थित कीर्तिपुर मैदानमा हुँदै छ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन्।
समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप छनोटमा खेल्न पाउने छन्।
नेपालको टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।