फिर्के अतिक्रमण गर्ने १६० संरचना भत्काउन पोखरा महानगरको निर्देशन

फिर्के अतिक्रमण गर्ने १६० संरचना भत्काउन पोखरा महानगरको निर्देशन
+
-

पोखरा-फिर्केखोला मिचेर बनाइएका संरचना भत्काउन पोखरा महानगरपालिकाले सूचना जारी गरेको छ।

शुक्रबार सूचना प्रकाशित गर्दै महानगरले ३५ दिनभित्र फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना भत्काउन निर्देशन दिएको हो।

तोकिएको मितिमा अस्थायी र स्थायी संरचना नभत्काए महानगरले डोजर चलाउने चेतावनी समेत दिएको छ।

‘उल्लेखित मितिभित्र संरचनाहरु नहटाए महानगर आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचनासाथ जानकारी गराइन्छ’,सूचनामा उल्लेख छ।

पोखराको मध्य भाग भएर बग्ने फिर्केखोला मिचेर १६० संरचना बनेका छन्। फिर्केखोलाको खोलाघर प्राविधिक नापजाँच प्रतिवेदनमा खोला मिचेर १६० संरचना बनेको सूचनामा उल्लेख छ।

खोला मिचेर ९७ वटा अस्थायी, ३५ स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको फिर्केखोलाको खोलाघर नापजाँच सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पोखरा महानगरपालिकालाई पेश गरेको प्रतिवेदनमा भनिएको छ।

खोला घर मिचेर लिटिल स्टेप मावि, पोखरा इञ्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाजको मन्दिर, गिरी समाज घर, सोपाल समाज घर, बगाले टोलको किरियापुत्री घर, अर्चलबोट किरियापुत्री घर,पोखरा फोटोग्राफर एशोसियसनको भवन, लायन्स क्लबको भवन, राधाकृष्ण आश्रम लगायत १८ संघसंस्थाका पक्की संरचना ठडिएका हुन्।

सशस्त्र प्रहरी बल एपीएफले पनि खोला घर मिचेर ट्रेनिङ सेन्टरको रुपमा अस्थायी संरचना बनाएको छ। पोखरामा फेवातालपछि सबैभन्दा बढी अतिक्रमणको चपेटमा परको फिर्केखोलाको खोलाघर नाप्न अमिन बासुदेव पौडेल नेतृत्वको टोलीले साउन ३ गतेदेखि थालेका थिए।

३२ दिन लगाएर फिर्केको खोलाघर नापजाँच गरेको पौडेलले जानकारी दिए।
उनका अनुसार खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरेर ५८८ थान सीमा स्तम्भ गाडिएको छ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८, २, ४, ५, ७, ८, ६ र १७ भएर ८ किलोमिटर दूरीमा फिर्केखोला बग्छ। फिर्के खुम्चिएर ३।३० मिटरमा बगिरहेको छ। बढीमा ४० मिटरसम्म फराकिलो भएर बगेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?