
काठमाडौँ-प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको टोली चीन भ्रमणमा गएको छ।
चीनका समकक्षीको निमन्त्रणामा श्रेष्ठ आज एक टोलीसहित त्यसतर्फ प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा ‘शुप्रीम पिपुल्स कोट अफ चाइना’का प्रधानन्यायधीश तथा उच्च अदालतका अधिकारीहरुसँग औपचारिक भेटघाट एवं कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम छ।
टोलीमा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिष्टार लालबहादुर कुँवर लगायत छन्। श्रेष्ठ नेतृत्वको टोली भ्रमण सकेर कार्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ।