बार्सिलोना विरुद्ध रियलको सानदार पुनरागमन जित, बेलिङ्घम नायक

बार्सिलोना विरुद्ध रियलको सानदार पुनरागमन जित, बेलिङ्घम नायक
+
-

स्पेनिस लालिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले सानदार पुनरागमन जित हासिल गरेको छ। रियलको जितमा युवा मिडफिल्डर जुड बेलिङ्घम नायक सावित हुँदै टिमका लागि दुबै गोल गरे। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले २-१ को जित हासिल गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियो।

बार्सिलोनाले खेलको सातौं मिनेटमानै इल्काए गुन्डोगानको गोल मार्फत खेलमा अग्रता बनाएको थियो। १६औं मिनेटमा फर्मिन लोपेजको प्रहार पोस्टमा लागेर बाहिरिँदा बार्सिलोनाले अग्रता दोब्बर बनाउने अवसरबाट बञ्चित भयो। २२औं मिनेटमा रियलका एन्टोनी रुडिगरको बक्स बाहिर बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन।

दोस्रो हाफमा खेलमा फर्किएको रियलका लागि आफ्नो करिअरको पहिलो क्लासिको खेलिरहेका बेलिङ्घमले दुइ गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अङ्क निश्चित गरे। खेलको ५१औं मिनेटमा बार्सिलोनाका इनिगो मार्टिनेजको हेड पोस्टमा लागेर फर्किदा बार्सिलोना दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनाउने अवसरबाट पुन बञ्चित भयो।

खेलमा रियलले ६८औं मिनेटमा बेलिङ्घमको गोलमार्फत खेललाई बराबरीमा ल्यायो। करिब ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। इन्जुरी समयको दोस्रो मिनेटमा ड्यानी कार्भाहालको क्रस लुका मोड्रीचलाई लागेर बेलिङ्घमको खुट्टामा पुग्दा उनले सहज गोल गर्दा रियल महत्वपूर्ण अग्रता बनाउन सफल भयो।

जितसँगै रियल ११ खेलबाट २८ अंक बनाउन सफल भएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ। पराजित बार्सिलोनाको २४ अंक रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?