भारतीय बलरसामु निरीह रह्यो इंग्ल्यान्ड, २० वर्षपछि इंग्ल्यान्डमाथि भारतको जित

भारतीय बलरसामु निरीह रह्यो इंग्ल्यान्ड, २० वर्षपछि इंग्ल्यान्डमाथि भारतको जित
+
-

एकदिवसीय विश्वकपमा भारतले लगातार छैटौं खेलमा जित हासिल गरेको छ। लो स्कोरिङ खेलमा भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको इंगल्यान्ड १ सय २९ रनमानै समेटिएपछि भारतले १०० रनको प्रभावसाली जित हासिल गर्यो।

भारतीय बलर सामु निरीह देखिएको इंग्ल्यान्डको यो प्रतियोगितामा पाँचौं हार हो। भारत जितसँगै लगभग सेमिफाइनल यात्रा पक्का गरेको छ। इंगल्यान्ड भने समूहचरणबाटै बाहिरिने पक्का भएको छ। पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ खेल्दा इंगल्यान्डलाई सस्तैमा समेट्न भने भारतीय बलरको सानदार प्रदर्शन रह्यो।

भारतले एकदिवसीय विश्वकपमा २० वर्षपछि इंग्ल्याण्डलाई हराएको हो। टोलीले पछिल्लो पटक सन् २००३ मा डर्बन मैदानमा ८२ रनको जित हासिल गरेको थियो। लखनउको एकना स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो। २३० रनको लक्ष्य पछ्याउन आएको इंग्ल्याण्डको टोली ३४.५ ओभरमा १२९ रन बनाएर अलआउट भएको थियो।

भारतीय बलिङका अगाडि इङ्ल्यान्डका ब्याट्सम्यानहरु लज्जित बनेका थिए। बलिङतर्फ मोहम्मद शामीले ४ र जसप्रित बुमराहले ३ विकेट लिए। जबकि कुलदीप यादव र रविन्द्र जडेजाको स्पिन जोडीले ३ ब्याट्सम्यानलाई पेभिलियन पठाए।

इंगल्यान्डलाई १०० रनले हराएसँगै भारत अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। भारतले ६ खेल जितेर १२ अंक बनाउँदा इंग्ल्याण्ड भने १० नम्बर अर्थात अङ्क तालिकाको पुछारमा छ।

२३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले राम्रो सुरुवात रह्यो। टोलीले ४ ओभरमा २६ रन बनाएको थियो तर मोहम्मद सिराजले २ ओभरमा १८ रन दिएका थिए। तर ५ औं ओभरमा जसप्रित बुमराहले लगातार बलमा डेभिड मलान र जो रुटको विकेट लिएसँगै भारत खेलमा फर्कियो।

बुमराहपछि अर्को ओभरमा मोहम्मद शामी बलिङ गर्न आए। उनले ओभरमा ३ रन दिए, अर्को ओभर मेडन फाले। स्पेल जारी राखेका शामीले ८ औं ओभरको अन्तिम बलमा बेन स्टोक्सलाई बोल्ड गरेका थिए। ९औं ओभरमा बुमराहले फेरि मेडन बोल्ड गरे र १० औं ओभरको पहिलो बलमा शमीले जोनी बेयरस्टोलाई बोल्ड गरे।

इंग्ल्यान्ड विरुद्ध भारतको विश्वकपमा सर्वाधिक कम रन

भारतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो । विश्वकपमा इंग्ल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारतीय टोलीको यो सबैभन्दा कम रनको स्कोर हो। यसअघि सन् १९९९ मा बर्मिङ्घम मैदानमा टिमले ८ विकेट गुमाएर २३२ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए। केएल राहुलले ३९ रनको इनिङ खेले। उनीअघि शुभमन गिल ९ रन, विराट कोहली शून्य र श्रेयस अय्यर ४ रन बनाएर आउट भएका थिए। इंग्ल्याण्डका डेभिड विलीले ३ विकेट लिए। आदिल रसिद र मार्क वुडले २-२ विकेट लिए।

रोहित शर्माले पूरा गरे १८ हजार रन

भारतीय कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार रन पूरा गरेका छन्। रोहितले आफ्नो ४५७ औं इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन्। उनी भारतका लागि सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीमा पर्न सफल भए। यस क्लबमा सचिन तेन्दुलकर, विराट कोहली, राहुल द्रविड र सौरभ गांगुलीको नाम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?