
काठमाडौँ-आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत जारी एसिया छनोटमा नेपालले सिंगापुर विरुद्ध सानदार बलिङ गरेको छ।
सिंगापुरले ७० रन जोड्दा आफ्ना आधा खेलाडी गुमाएको छ। सिगापुरले १० औं ओभरमा ७० रन जोड्दा मुख्य ब्याटरहरु गुमाएको हो। उसका लागि रोहन रङ्गराजा ४६ रन सर्वाधिक रह्यो। उनी बाहेक बाँकी ४ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। पछिल्लो विकेटका रुपमा जनक प्रकाश सन्दीप लामिछानेको बलमा आउट भए। लामिछानेको यो दोस्रो विकेट हो।
त्यसअघि सिंगापुरका सुरेन्द्र चनद्रमोहन सन्दीप लामिछानेको बलमा ६ रनको अवस्थामा आउट भएका थिए। लगतै अर्को ओभरमा रोहन रङ्गराजनलाई ४६ रनमा आउट भए। उनलाई गुल्सन झाले आउट गरेका थिए।
यसअघि ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका थिए। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै करण केसीले नेपाललाई सफलता दिलाएका थिए।
यद्यपि रोहन रङ्गराजनले उत्कृष्ट इनिङ खेल्दा सिंगापुरले राम्रो सुरुवात दिन भने सफल भयो। उनले २९ बलमा ४६ रन बनाएर खेलेका थिए।
उनले ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका हुन। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमाएको थियो।