
काठमाडौं- अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्चका फैसला पालना र पीडितको आवश्यकता अनुरूप विश्वनीय संक्रमणकालीन न्याय प्रक्रिया तत्काल थाल्न आम द्वन्द्वपीडित समुदायले प्रदर्शन गरेकाे छ।
समुदायले मंगलबार काठमाडौं जिल्ला अदालत, बबरमहल र पुल्चोकस्थित युएन अफिस नजिक शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
स्वतन्त्र, निष्पक्ष, सक्षम र विश्वसनीय सिफारिस समिति एवं आयाेग गठन गर्नुपर्ने, विस्तृत शान्ति सम्झौता, सर्वाेच्च अदालतकाे फैसला एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गरेका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने, संक्रमणकालीन न्याय तत्काल पारित गर्नुपर्ने लगायतका मागहरू पीडितले राखेका छन्।
साथै उनीहरूले संक्रमणकालीन न्याय प्रक्रियामा नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको ध्यानाकर्षणसमेत गराएका छन्।
लामो समयदेखि सरकारले ऐन बनाउने र आयोग बनाउने काम मात्र गरेको तर आफूहरूलाई न्याय नदिएको पीडितहरूकाे गुनासाे छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको मानव अधिकार समितिमा विचाराधीन अवस्थामा छ।
हेर्नूहोस् तस्बिरहरू: