न्यूयोर्क फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस (तस्बिरसहित)

न्यूयोर्क फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस (तस्बिरसहित)
+
-

काठमाडौं- नेपालको चार दिने औपचारिक भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुधबार न्यूयोर्क फर्किएका छन्।

आइतबार बिहान काठमाडौं आइपुगेका उनी कतार एयरवेजको जहाजमार्फत बिहान १० बजे न्यूयोर्क फर्किएका हुन्।

यसअघि गत असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम रहेका उनी इजरायल र प्यालेस्टिनबीच युद्ध चर्किएपछिअसोज २३ गते नेपाल भ्रमण स्थगित गरेका थिए।

चार दिनसम्म नेपाल रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे तथा देशका प्रमुख राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

साथै, गुटेरेसले मंगलबार संघीय संसद्‌को सयुक्त बैठकलाई सम्बोधन समेत गरेका हुन्। संसदमा सम्बोधन गर्नुअघि मंगलबार नै उनी पोखरा, लुम्बिनी लगायतका ठाउँमा स्थलगत भ्रमण गरी अवलोकन एवम् सम्बोधन समेत गरेका थिए।

नेपाल बसाइका क्रममा उनले पोखरा र लुम्बिनीको भ्रमणका साथै अन्नपूर्ण आधार शिविरमा समेत पुगेका थिए।

त्यहाँ पुगेर उनले जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्ने, अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसंघले सघाउने लगायतका प्रतिवद्धता गरेका थिए।

थप तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष