
काठमाडौँ – नेकपा एमालेले बुधबार चियापान कार्यक्रम गरेको छ।
एमालेले हरेक वर्ष दसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा गर्दै आएको कार्यक्रम यस वर्ष बुधबार पार्टी कार्यालय च्यासलमा गरेको हो।
चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता थियो।