समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियोःरवि लामिछाने

समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियोःरवि लामिछाने
+
-

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरित धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताए।

उनले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेका बताए। लामिछानेले सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुने गरेका भन्दै यसले संविधानको ठाडो उल्लंघन भएको बताए।

उनले भने,‘जनजातिको नाममा धनाढ्य व्यक्तिहरु जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सिटमा बस्ने,आउने जाने बाहेक हामीले देख्न पाएका छैनौँ। नीति निर्माणमा उहाँहरुले मनमनै योगदान दिनुभएको छ होला। त्यो देख्न पाएको छैन। त्यसैगरी शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरु महिलाका कोटामा आएका छन्। दलित, मधेसी, थारु, मुस्लिम लगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरु वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरु नै आएका छन्।र पटक,पटक मन्त्री भएका नेता यही प्रणालीबाट सांसद भएका छन्। संविधानको ठाडो उल्लंघन भएको हामी सबैलाई थाहा छ।’

उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भुमिका खेल्न तयार रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?