कविता

श्वासमाथिको निषेधाज्ञा

श्वासमाथिको निषेधाज्ञा
+
-

अनि उनीहरूले हठात् निषेधाज्ञा जारी गरे

हाम्रो श्वासमाथि

उनीहरूले बालक भनेनन्

अस्पतालका बिरामी भनेनन्

वृद्ध वृद्धा पनि भनेनन्

उनीहरूले सबैलाई क्रूर देखे

आतङ्ककारी देखे

अनि बर्बरतापूर्वक निषेधाज्ञा जारी गरे

हाम्रो श्वासमाथि

 

सवाल जमिनको थियो

जमिन अर्थात् माटो

माटो प्राण हो

माटो अस्तित्व हो

पहिचान पनि हो

तर अबोध बालकहरूलाई त्यो थाहा थिएन

मृत्यु पर्खिरहेका वृद्धहरू

त्यसो भनेर थाकिसकेका थिए

हुन त यी कुराहरूको खास कुनै अर्थ छैन

उनीहरूका लागि ।

उनहरूले हामी सबैलाई आतङ्ककारी देखे

अनि निषेधाज्ञा जारी गरे हाम्रो श्वासमाथि

 

युद्धको कुनै नैतिकता हुँदैन

यसको रूप र सार पनि हुँदैन

युद्ध बीभत्स हुन्छ

पिडादायी हुन्छ

अति नै पिडादायी ।

संसारका कुनै युद्धको औचित्य पुष्टि

हुनै सक्दैन

चाहे त्यो धर्म युद्ध नै किन नहोस्

जबसम्म एक जना पनि निर्दोष मारिन्छ

त्यो युद्ध अनैतिक र औचित्यहीन हुन्छ

हामीले युद्धलाई घृणा गर्नुपर्छ भन्यौ

उनहरूले हामी सबैलाई आतङ्ककारी देखे

अनि निषेधाज्ञा जारी गरे हाम्रो श्वासमाथि

युद्धरत गाजा पट्टीमा

धेरै कुराहरू ढले

बस्ने घर ढले

विद्यालय ढले

अस्पतालहरू ढले

मस्जिद ढले

विश्वास ढल्यो

आस्था ढल्यो

र बीभत्सतापूर्वक मानवता ढल्यो

हामीले मानवता बाँच्नु पर्छ भन्यौ

उनहरूले हामी सबैलाई आतङ्ककारी देखे

अनि निषेधाज्ञा जारी गरे हाम्रो श्वासमाथि

(प्यालेस्टिनी नागरिकहरू प्रति समर्पित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?