
पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितको उपचार राहतमा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन्।
जाजरकोटको रामीडाँडा केन्द्र भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ।
भूकम्पमा परेकाको चाँडो उद्धारसँग राहतमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो।
शनिबार बिहान पोखरेली सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, ‘यो बेलामा सबैको ध्यान कसरी चाँडोभन्दा चाँडो राहत प्राप्त गर्ने भन्ने नै छ। प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्ने भनेको यस्तो बेला हो।’
प्रधानमन्त्रीको भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा मात्रै सीमित हुन नहुनेमा महामन्त्री थापाको जोड छ।
‘कुनै कुनै यो राहतको अनुभवहरू छ प्रधानमन्त्री पुगे पछाडि मन्त्रीहरू पुग्ने अनि प्रदेशको पनि पुग्ने हुन्छ। मान्छे मात्रै पुग्नेतिर ध्यान गयो भने त्यसले त्यहाँको सुरक्षा प्रबन्धदेखि भिआइपीको भिजिट म्यानेजमेन्टतिर ध्यान हुन्छ’, उनले भने, ‘प्रधानमन्त्री जानु भनेको सिंगो देशको प्रतिनिधि जानु हो सक्कियो अब। तर त्यहाँ राहत लगायतको कामहरू हुनपर्याे। र यसमा प्रदेश सरकारले आफू भएको औचित्य पुष्टि गर्ने अवसर छ।’