आफ्नो विश्वकप इतिहासमा न्युजिल्यान्डको सर्वाधिक उच्च स्कोर, पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य

आफ्नो विश्वकप इतिहासमा न्युजिल्यान्डको सर्वाधिक उच्च स्कोर, पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य
+
-

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार जारी पहिलो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४ सय २ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनाएपछि पाकिस्तानले उच्च लक्ष्य पाएको हो। यो  विश्वकपमा न्यूजिल्याण्डको सर्वाधिक उच्च स्कोर हो भने जारी विश्वकपमा दोस्रो पटक ४०० प्लसको स्कोर हो।

चोटबाट खेलमा फर्किएका कप्तान केन विलियम्सन ९५ रन बनाएर आउट हुँदा रचिन रविन्द्रले १०८ रनको शतकीय इनिङ खेले। पाकिस्तानका लागि मोहम्मद वासिम जुनियरले ३ विकेट लिए। रचिनले ९४ बलमा १०८ रनको इनिङ खेलेका थिए।

त्यस्तै केन विलियमसनले ७९ बलमा ९५ रन बनाउँदै विश्वकपमा आफ्नो दोस्रो अर्धशतक पुरा गरे। यो उनको एकदिवसीय करियरको ४४ औं अर्धशतक हो। उनलाई इफ्तिखार अहमदले आउट गरेका थिए।

दोस्रो विकेटका लागि रचिन र विलियम्सनबीच शतकीय साझेदारी भएको थियो। यि दुइले १४२ बलमा १८० रनको साझेदारी गरे। त्यसअघि रचिन र डेभोन कोनवेबीच पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी भएको थियो। कोनवे ३५ रन बनाएर आउट भए।

न्यूजिल्याण्डका नियमित कप्तान केन विलियमसन यसअघि चोटका कारण प्रतियोगितामा एउटा मात्र खेल खेल्न पाएका थिए। रचिन र विलियमसनपछि ग्लेन फ्लिप्सले ४१ तथा मार्क चाम्पानले ३९ रन तथा ड्यारी मिचेलले २९ रन बनाए। त्यस्तै मिचेल स्यान्टनरले २६ रन बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?