
जाजरकोट- शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले थुप्रै जीवनको क्षति गराउनुका साथै सयौँ घाइते भए। खासगरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण ठूलो क्षति भयो भने हजारौँ मानिस घरबारबिहीन बनेका छन्।
भूकम्पपछिको पहिलो रात जाजरकोटको भेरी वार्ड नम्बर १ रिम्नामा धेरै संख्यामा पीडितहरु खुला आकाशमुनि रात काटिरहेका छन्। उनीहरुले आफन्तमात्र गुमाएका छैनन्, बास पनि गुमाएका छन्।
यस स्थानमा मात्र भूकम्पका कारण ८ जनाको मृत्यु भएको ३२ वर्षीय स्थानीय विवश रानाले जानकारी दिए।
पाँच र २ वर्षका बच्चा रहेका लक्ष्मी परियारले आफ्ना बच्चालाई भत्किएको घरको अवशेषबाट तानेर निकालेकी थिइन्। अहिले यस स्थानमा ३०/३५ जना खुला आकाशमुनि सुतिरहेका छन्।
जाजरकोटको भेरी वार्ड नम्बर १ रिम्नाबाट बर्षा शाहका तस्बिरहरु: