११ दिनको बच्चासहित सुत्केरी पनि खुला आकाशमुनि (तस्बिरहरु)

११ दिनको बच्चासहित सुत्केरी पनि खुला आकाशमुनि (तस्बिरहरु)
+
-

रुकुम पश्चिम- आठविसकोट नगरपालिका ११ की २० वर्षीया सपना मल्ल ११ दिनकी सुत्केरी हुन्। भूकम्प आएको राति उनी ११ दिनको छोरी र २१ वर्षका श्रीमान् प्रशान्त शाहीका साथमा तल्लो तलामा सुतिरहेकी थिइन् । उनले भूकम्प आएको थाहा नै पाइनन्। नजिकै लागेको मेलाबाट फर्केर सुतेका उनका श्रीमानले भूकम्प आएको थाहा पाए।

‘उहाँ (श्रीमान्)ले उठाउनु भयो अनि थाहा पाएँ, त्यो समयमा हामी घरमा सानो नानीसहित ८ जना थियौं,’ सपनाले भनिन्।

‘थाहा पाएपछि हामी खुला ठाउँमा निस्क्यौँ,’ प्रशान्तले भने, ‘उसले त छोरीलाई छोडेर बाहिर निस्केको रहेछ। मैले पछि गएर छोरीलाई लिएर बाहिर आएँ।’

माथिल्लो तलामा रहेको भाइलाई पनि प्रशान्तले जसोतसो निकाले। ‘त्यो रात त हामी सुत्ने त कुरै भएन । यतिकै बसिराख्यौँ, के गर्ने, के गर्ने भयो,’ प्रशान्तले भने।

उनीहरु सुत्न पनि सकेनन्। ‘११ दिनको बच्चा साथमा लिएर यतिकै खुला आकाशमुनि नै बस्यौँ,’ प्रशान्तले सम्झिए।

प्रहरी आएर लगे पनि अहिलेसम्म खुला आकाशमुनि नै रात काटेको सपना र प्रशान्तले बताए। ‘सुत्केरी र ११ दिनको बच्चासहित खुल्ला आकाशमुनि नै सुतिरहेका छौँ,’ प्रशान्तले सम्झिए।

भूकम्प गएयता राम्रोसँग नसुतेको पनि उनीहरुले बताए।  ‘बच्चालाई धेरै कपडाले तातो बनाउने कोसिस गरे पनि खुला आकाशले शीत परेर गाह्रो हुन्छ,’ सपनाले भनिन्।

छिमेकीको घरहरु पनि चिरा परेका कारण उनीहरुका घरमा पनि सुत्न नसकिएको उनीहरुले बताए। ‘उहाँहरू पनि बाहिर नै सुत्नु हुन्छ। हामी पनि बाहिर नै छौँ,’ प्रशान्तले भने।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष