गण्डकीका कांग्रेस सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने

गण्डकीका कांग्रेस सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने
+
-

पोखरा- गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्। संसदीय दलको बैठकले १५ दिन बराबरको तलब नेपाली कांग्रेसको केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडितलाई दिने निर्णय गरेको हो।

प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पपीडितको राहत र व्यवस्थापनका लागिसमेत माग गरिएको छ।

गण्डकीमा नेपाली कांग्रेसका २७ जना सांसद छन्। तीमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन्। उनीहरूले एक महिना तलब सहयोग गर्दा झन्डै ७ लाख रुपैयाँ हुन आउँछ।

गण्डकीका कांग्रेस सांसद डिल्लीराम सुवेदीले यस अगावै १ महिनाकै तलब दिने घोषणा गरेका थिए।

गण्डकी प्रदेशका एमाले सांसदले ७ दिनको तलब दिने घोषणा गर्दै सुरुवात गरेको थियो। गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ।

कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्प लगत्तै शनिबार नै गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहित ७ जना विशेषज्ञ चिकित्सकको टोली पठाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?