
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका बस्तीहरू तहसनहस भएका छन्।
मानवीयसँगै धनजनको क्षति व्यहोरेका यहाँका स्थानीयको घरमात्रै भत्किएको छैन मन उस्तै चर्किएको छ। नढलेका अग्ला देखिने घर पनि सग्ला छैनन्। चर्किएको घरमा जोखिम भएपछि त्रिपालमुनि चिसो रात काट्न भूकम्पपीडित बाध्य छन्।
भएभरको अन्नपात घर ढलेर पुरिएपछि दुई छाक जोहो गर्न राहतको भर पर्नुपरेको छ। सघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्थाले भूकम्पपीडितलाई राहत उपलब्ध गराइरहेका छन्।
स्थानीय तहले सकभर एकद्वार प्रणालीमार्फत राहत वितरणको चाजोपाँजो मिलाएका छन्। जसका कारण पीडितको दुखेको घाउमा सानो भएपनि राहत मिलेको छ।
प्रस्तुत छ देशसञ्चारकर्मी विनोद ढुंगानले रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको विभिन्न स्थानमा पुगेर कैद गरेका राहत वितरणका दृश्यहरू: