काठमाडौँ – पाटनमा सोमबार बेलुका मैनबत्तीसहितको नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्याली निकालिएको छ। नेपाल सम्वत ११४४ को पूर्वसन्ध्यामा भिन्तुना र्याली निकालिएको हो।

कात्तिक शुक्लपक्षदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ। भोलिदेखि नेपाल संवत ११४४ सुरु हुनेछ।
नेपाल संवत चन्द्रमासमा आधारित छ। लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ। साँस्कृतिक दृष्टिकोणले नेपाल संवत सुरु भएको दिन नेवार समुदायमा ‘म्हःपूजा’ गर्ने परम्परा रहेको पाइन्छ।

म्हःपूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। यसलाई विशेषतः काठमाडौँ उपत्यकामा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ।


भर्खरै
लोकप्रिय






































































































































































































